नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १२:०१

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हाे।

मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन २३ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो। त्यो रेकर्ड आज तोडिएको हाे।

तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*