क्रिकेटको नियम परिवर्तन

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १२:२५

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ ।

यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।क्रिकेट ल ४१.३ – नो सलाइभाएमसीसीले अब क्रिकेटको बल चमकाउनका लागि थुकको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । यसअघि कोभिड–१९ का कारण यो नियम अल्पालीन् रुपमा लागू भएको थियो । तर एमसीसीले यसलाई अब कानुन नै बनाएको छ । खेलाडी बल चम्काउन पसिनाको प्रयोग गररहेका थिए र यो पनि त्यत्तिकै प्रभावकारी थियो ।

 १८–खेलाडी आउट भएपछि नयाँ खेलाडीले लिनेछ स्ट्राइकएमसीसीको नयाँ नियमका अनुसार कुनैपनि खेलाडी आउट भएपछि मैदानमा आउने नयाँ खेलाडीले नै स्ट्राइक लिनेछ ।हालसम्म क्याच आउट हुनु भन्दा पहिलो यदि सट खेल्ने खेलाडी बलिङ एन्डमा पुग्यो भने नयाँ ब्याट्सम्यान नन स्ट्राइकर एन्डमै हुने गर्दथ्यो ।

अब कुनै पनि किसिमबाट आउट भएपछि नयाँ खेलाडीले नै स्ट्राइक गर्ने छ । एमसीसीको सुझावमा इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) द्वारा पहिलो पटक लीगमा यसको परीक्षण पनि गरिएको थियो ।आइसीसीले मान्कन्डिङलाई लिएर पनि ठूलो पैmसला गरिसकेको छ । पहिले यो क्रिकेट कानुन ४१ अनुसार खेल भावनाको विरुद्ध मानिन्थ्यो ।

तर अब यसलाई ल ३८ अर्थात् रन आउट अनुुसार राखिएको छ ।मान्कन्डिङ नियम क्रिकेटमा लागू त हुन्छ तर यसलाई खेल भावनाको विपरीत आचरण मानिन्थ्यो । जब बलरले बल फ्याक्नु भन्दा पहिले नन स्ट्राइकिङ एन्डको ब्याट्सम्यान क्रिजबाट बाहिर निक्लिदा र बेल झारेर आउट गर्छ भने यसलाई मांकन्डिङ भनिन्छ । आईपीएलमा यस किसिमबाट आउट हुने पहिलो व्यक्ति ब्याट्सम्यान जोस बटलर थिए ।

भारत र अस्ट्रेलियाबीच भएको एक टेस्ट म्याचमा भारतका बीनु मांकडिङले अस्ट्रेलियाका बलि ब्राउनलाई यसै किसिमबाट आउट गरेका थिए । यसपछि नै बिनूको थरको नामका आधारमा आउट गर्ने यो तरिकालाई मांकन्डिङ भनियो ।

क्रिकेटको यो नियम ला गूत हुन्छ, तर यसको बारेमा मत भने बाँडिएको छ । केही जानकार र पूर्व खेलाडी यसको पक्षमा छन् भने केहीले ब्याट्सम्यानलाई आउट गर्ने यो तरिका खेलको भावनाविपरीत भएको मानेका छन् ।

ल २०.४.२.१२ – डेड बलडेड बलको नियममा पनि परिवर्तन गरिएको छ । खेलको अवधिमा मैदानका कुनै पनि व्यक्ति, जनावर वा अन्य वस्तुबाट कसैको पक्षमा नोक्सानी भयो भने यसलाई डेड बल मानिनेछ । मैदानमा अचानक पस्ने फ्यान वा अचानक मैदानमा कुकुर आउनाले खेलमा कुनै असर पर्छ भने अम्पाएरले डेड बलको संकेत दिने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*