एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १३:३२

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार बैठकपछि पार्टीले आफ्नाे सम्पूर्ण शक्ति स्थानीय तहकाे निर्वाचनमा लगाउने बताए।बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तहको निर्वाचनको तयारी समेटिएको छ।

प्रतिवेदन पोलिटब्युरो सदस्यको सुझावसहित पेस गर्न लागिएको खतिवडाले जानकारी दिए। प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अनुमोदनको विषयमा पनि छलफल हुने बताइएकाे छ।

प्रवक्ता खतिवडाले केन्द्रीय कमिटी बैठकले कार्यकर्ता परिचालनकाे याेजना बनाउने बताए। त्यसमा केन्द्रीय सदस्यहरुले आफ्नाे सल्लाह दिने उनकाे भनाइ छ।

‘पार्टीका सम्पूर्ण नेताहरु गाउँ–गाउँ जानुहुन्छ। हामी सबै जान्छाैं’, उनले भने, ‘त्यसकाे कार्ययाेजना बन्छ।’

यसमा तपाइको मत

Your email address will not be published.


*