सिंहदरबार पुगेर सञ्चारमन्त्रीलाई भेटे अमेरिकी राजदूतले

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १३:४८

गत फागुन १५ गते सहायता सम्झौता पास भएपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पहिलो पटक सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेका छन्।

सन् २०१७ मा अर्थमन्त्रीको हैसियतमा अमेरिका पुगेर एमसीसी सम्झौतामा हस्ताक्षर गरेका उनै कार्कीले त्यसलाई पास गर्न संसदमा पनि टेबल गरेका थिए।एमसीसी पास भएपछि विकसित परिस्थितिबारे राजदूत बेरीले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्कीसँग संवाद गरेका हुन्। उनको सचिवालयका अनुसार भएको छलफलमा एमसीसी कार्यान्वय र दुई देशबीचको सम्बन्धबारेमा कुराकानी भएको छ।

एमसीसी पास भएपछिको अवस्थामा अमेरिका र चीन दुवै देशका राजदूत सक्रिय भएका छन्। बुधबारै चिनियाँ राजदूत होउ यान्कीले सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गरेकी छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*