नेपाली बजारमा अण्डाको मूल्य बढ्यो

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १४:००

नेपाली बजारमा अण्डाको खुद्रा मूल्य बढेको छ। यसअघि प्रतिगोटा १५ रुपैयाँ  रहेको अण्डाको मूल्य प्रतिगोटामा १ रुपैंया बढेर प्रतिगोटा १६ रुपैयाँ पुगेको छ ।

नेपाल अण्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५ रुपैयाँ बढाएको हो।प्रतिक्रेट ठूलो अण्डा ३९५ र मिडियम ३६५ रुपैयाँ बिक्री मूल्य निर्धारण गरिएको संघले जनाएको छ। माघमा प्रतिक्रेट ठूलो अण्डा ३६५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ थियो।

संघद्वारा जारी विज्ञप्तिमा उत्पादनमा महँगिएको लागतसँग सन्तुलन मिलाउन संघको मंगलबार बसेको विशेष बैठकले अण्डाको बिक्री मूल्य नयाँ निर्धारण गरिएको उल्लेख छ।

यसमा तपाइको मत

Your email address will not be published.


*