पल शाहलाई बयानका लागि यसरी पुर्‍याइयो गैंडाकोट

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १४:१३

जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ ।

पीडितले उक्त कार्यालयमा दोस्रो जाहेरी दिएपछि बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा हत्कडी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितले यहाँ पनि आफूमाथि पलले जबर्जस्ती करणी भएको आरोप लगाएकी छन् । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ ।

उक्त अदालतले हिजो थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो ।हिजो मात्रै पीडित किशोरीले तनहुँस्थित जिप्रका र सरकारी वकिलको कार्यालयमा पुगेर मुद्दाको प्रगति बुझेकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*