गठबन्धन कम्तिमा चुनावसम्म कायम राख्नुपर्छ : माधव नेपाल

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १४:३८

“यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ ।

संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरुले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ ।” नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको गठबन्धन कम्तिमा पनि चुनावसम्म कायम राख्नुपर्ने बताएका छन् ।

केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले यस्तो उल्लेख गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*