अनमोल केसीको नयाँ फिल्म ‘ए मेरो हजुर ४ बैशाख १ बाट रिलिज

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १५:०३

सुस्ताएको नेपाली चलचित्र बजारलाई अनमोल केसीको नयाँ फिल्म ‘ए मेरो हजुर ४’ले तताउने आशा गरिएको छ ।

यो चलचित्र १ बैशाखबाट रिलिज हुँदैछ । यो चलचित्रको नयाँ गीत सुन्तला…को भिडियो मँगलबार सार्वजनिक गरिएको छ । यो गीत लोक शैलीमा तयार गरिएको छ । गीतको भिडियोमा अभिनेता अभिनेत्रीको प्रेम सम्बन्ध प्रस्तुत गरिएको छ ।

बुढासुब्बा डिजिटलबाट यो गीत रिलिज गरिएको हो । यो गीतमा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाले अभिनय गरेका छन् ।यो चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्रको कथा पनि उनकै हो । मगलबार रिलिज भएको गीतलाई बसन्त सापकोटाले लेखेका हुन् । जसमा संगीत पनि सापकोटाकै रहेको छ । मेलिना राई र निशान भट्टराईले यो गीत गाएका हुन् । यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

यो चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

यो चलचित्रको पटकथा स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले लेखेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*