चुनावमा कांग्रेसले सामाजिक सञ्जाल उपयोग गर्ने

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १५:५२

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा सामाजिक सञ्जाल उपयोगमा ल्याउने भएको छ ।

कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सामाजिक सञ्जालको भरपुर प्रयोग गर्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालको भरपुररुपमा प्रयोग गर्छ । कम्युनिस्ट अगाडि छन् । प्रचार अभियानलाई चुस्त दुरुस्त बनाउँछौं । ‘

यस्तै, कांग्रेसले स्थानीय तहमा घोषणापत्र जारी गर्ने भएको छ । प्रवक्ता डा. महतले स्थानीय सरकारमा जितेर जाँदा के गर्ने भनेर गाउँपालिका, नगरपालिकामा आवश्यकता अनुसार घोषणा पत्र बनाउने बताए।  ‘अहिलेको वर्तमान परिस्थितिलाई समीक्षा गरेर केन्द्रमा पनि घोषणापत्र बनाइनेछ । हरेक काँधलाई भारी, नेपाली कांग्रेसलाई जिम्मेवारी’ हाम्रो अभियान हो ।’

उनले जनताका पीरमर्का बुझ्ने र त्यसको आधारमा कांग्रेसलाई भोलीका दिनमा सशक्त बनाइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*