पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १६:०२

चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक  हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक निशान चिलवाल छन् ।काठमाडौंका भीमढुङ्गा घर भएका हरि उदासी फिल्म निर्देशक पनि हुन् । लमजुङको राईनास नगरपालिका घर भएका २७ वर्षीय चिलवाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका छन् । उनीहरु विरुद्ध विद्युतीय कारोबार ऐन–२०३३ को कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले रातोपाटीलाई बताए ।

युट्युबरले अभिनेता पल शाह र बलात्कृत नाबालिकाको सम्बन्धबारे अनर्गल सामग्री प्रसारण गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*