तल्लो तहमा कांग्रेसको अभियान

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १६:१३

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहमा आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई जिम्मेवारी दिने भएको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ नारासहित गाउँगाउँमा संगठन विस्तार गर्न लागेको हो ।

मंगलबार पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सो बारेमा जानकारी दिएका छन् । उक्त अभियानले कांग्रेसका कुनै पनि कार्यकर्ता जिम्मेवारी विहीन नहुने उनको भनाइ रहेको छ ।त्यस्तै आगामी स्थानीय तहको निर्वाचनमा जानु अघि कांग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म घोषणपत्र तयार गरि जनतालाई सुसूचित गर्न लागिएको समेत बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*