निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन हुँदै, अध्यक्षमा दुई प्रत्यासी

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १६:२६

नेपाल निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन यही फागुन अन्तिममा हुने भएको छ ।

फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा १२ औं अधिवेशन हुन लागेको महासंघले जनाएको हो । अधिवेशनबाट महासंघको अध्यक्षसहित ५९ सदस्यीय कार्य समिति चयन हुने छ ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित ८ उपाध्यक्ष र एक महासचिवसहित उक्त कार्यसमिति सदस्य चयन हुने भएको हो ।महासंघको भावी नेतृत्वमा दुई जना प्रत्यासी देखिएका छन्। वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे चुनावी मैदानमा होमिएका छन् । उनीहरूले उम्मेदवारी घोषणा गरेर नेतृत्वको इच्छा देखाएका हुन् । महासंघले आफ्नो नेतृत्वको अथक प्रयासबाट वि.सं. २०६४ सालको छैठौं संशोधनदेखि १० औं संशोधन भइसकेको छ । अब ११ औं संशोधनको नियमावली नआउँदा निर्माण व्यवसाय अस्तव्यस्त बनेको व्यवसायीहरूले बताएका छन् ।

महासंघका अध्यक्ष रवि सिंहले यतिबेला निर्माण व्यवसाय अस्तव्यस्त बनेको बताए । उनले विश्वव्यापीरूपमा बढिरहेको महङ्गी र नेपालमा निर्माण सामाग्रीको महङ्गी बढ्दा व्यवसाय समस्यामा परेको उनको भनाई छ । यस्तै, सरकारको खर्च गर्न सक्ने क्षमता खुम्चिँदा समेत यस क्षेत्र समस्यामा परेको महासंघ अध्यक्ष सिंहको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*