निर्वाचन आयोग कांग्रेसतर्फ झुक्यो, हरियो मतपत्र मान्य छैनः ओली

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १६:४३

निर्वाचन आयोग पार्टीगत रुपमा कांग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्।

मोरङको रंगेलीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन्।उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले काम गर्न सकेन। अहिले मतपत्र समेत हरियो रङमा छाप्ने निर्णयमा पुगेको छ। जसलाई निर्वाचन आयोगले समेत स्वीकारेको हुदाँ आयोग कांग्रेसतर्फ झुक्यो। जुन एमालेलाई मान्य छैन।’

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्को दल एमालेबाट अलग्गिएपछि हाइसन्चो भएको बताए।‘एमालेबाट चोइटिएर गएपनि कुनै असर भएको छैन। बरु पिलो निचोरिएकोजस्तो भएको छ,’ ओलीले भने, ‘माओवादी पार्टी नभएर अन्यौलको पार्टी भएको हुदाँ त्यसमा अल्मलिन हुँदैन। हामी प्रस्ट छौँ।’

कार्यक्रममा उनले रंगेलीका मेयर दिलिप बगडिया, उपमेयर केशवकुमारी खराल, वडाध्यक्षहरू रामचन्द्र मण्डल, महानन्द मण्डल र कृष्ण खनाललाई एमालेमा प्रवेश गराएका थिए।

बगडियासहित उनीहरु २०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट विजयी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published.


*