फेरि बढ्दै कोरोना सङ्क्रमित

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १६:५५

दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । १० हजार ९२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६८ तथा एन्टिजेन विधिबाट १५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मंगलबार १ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । थप २९१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । सङ्क्रमितको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या भने शून्य रहेको छ । देशभर ५ हजार ६९२ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९६ हजार ८९ जनाले खोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*