३० अंकको पहिरोले शेयर बजार २५ सयमा ओर्लियो

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १७:०५

शेयर बजार मापक सूचक नेप्से बुधवार २५१४.६५ बिन्दुमा ओर्लिएको छ ।

एकैदिन बजार ३० अंकले घटेको र पछिल्ला दिनमा बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता निराश देखिएका छ ।शेयर बजारमा गएको पहिरोसँगै आजको कारोवार रकमसमेत दुई अर्ब ३५ करोड रूपैयाँमा खुम्चिएको छ । आज बजारमा २२९ कम्पनीको ४९ लाख ५९ हजार कित्ता शेयरको ३९ हजार ७८८ पटक कारोबार भएको छ ।

बजार घटेको दिन पनि माउन्टेन इनर्जीका लगानीकर्ताले भने ८.१० प्रतिशतले कमाएका छन् । इमर्जिङ नेपाल लिमिटेड, आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.९५ प्रतिशतभन्दा बढीले कमाएका छन् ।आज सबैभन्दा बढी गुमाउनेमा भने विशाल बजार कम्पनीका लगानीकर्ता छन् । यसका लगानीकर्ताले ५.७८ प्रतिशतले गुमाए ।

सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, माउन्टेन हाइड्रो नेपालसहितका लगानीकर्ताले पनि ४.७४ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।आज बजारमा नेपाल टेलिकमको शेयर सबैभन्दा बढीको कारोबार भएको छ । यसको १० करोड रूपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा बढी शेयर संख्याको कारोबार हुनेमा भने अपि पावर कम्पनीको २ लाख ६ हजार कित्ता छ भने सबैभन्दा बढी संख्याको कारोबार हुनेमा भने नेपाल इफ्रास्टक्चर बैंक लिमिटेडको १२५५ पटक कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*