राप्रपा नेपालको १० विभाग गठन, पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार १८:३५

राप्रपा नेपालले १० वटा विभाग गठन गरेर पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ।

बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएको हो। अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको हो ।

त्यस्तै, आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष विष्णु भण्डारी, सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा, प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशीलकुमार श्रेष्ठ र कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री ईन्द्र चित्रकार चयन भएका छन्।

यसैगरी, संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौैला, प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्का चयन भएका छन्।

यससँगै राप्रपा नेपालको बैठकले तीन महीनाभित्र देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ। त्यसअघि ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ। यसमा सातै प्रदेश र काठमाडौंमा अन्तरक्रिया गर्ने जनाएको छ।

त्यस्तै, जिल्ला समिति गठन गर्न बाँकी रहेका जिल्लामा २१ दिनभित्र गठन गर्ने निर्णय गरेको छ। चैतभत्रि घरदैलो अभियान पनि सञ्चालन गर्ने निर्णय भएको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए।

 

यसमा तपाइको मत

Your email address will not be published.


*