हेटौंडाको भाइरल पोखरीमा अब प्रवेश निषेध

हेटौंडा खबर
२५ फाल्गुन २०७८, बुधबार २२:०१

मर्मत भईरहेको हेटौंडा उपमहानगरपालिका-५ मा रहेको माछापोखरीमा टिकटक बनाउनेको भिड बढ्दै गएपछि प्रवेश निषेध गरिएको छ ।

थामीनसक्नु भिड बढेपछी मर्मत कार्य नै प्रभावित भएको थियो । काम मै असर पर्न थालेपछी बुधबारदेखि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौडाले पोखरीमा प्रवेश निषेध गरेको हो ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकाल्ने काम गरेको थियो । माटो निकाल्न पोखरी सुकाएर छोडिएको थियो ।

उक्त पोखरीमा जमिन चिरिएको र हरियो घास पलाएपछी यहाँ फोटो खिच्ने र टिकटक भिडियो बनाउनेको भिड लाग्ने गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*