हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत

हेटौंडा खबर
२६ फाल्गुन २०७८, बिहीबार १६:२५

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक सुचना प्रकाशन गर्दै नामावली सार्वजनिक गरेको हो ।

प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय मन्त्रालयले गरेको हो ।

प्रकाशित नामावलीमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादव, नवीनकुमार कर्ण, बसन्तकुमार पाण्डे, भुपेन्द्रप्रसाद अर्याल, राजकुमार चौधरी, राम किसुन गिरी र सन्तोषकुमार तामाङको नाम रहेको छ ।

अन्तर्वार्ताको समय तालिका पछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*