हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा खबर
२६ फाल्गुन २०७८, बिहीबार १८:१८

मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित सडकखण्डबाट लागूऔषध नाईट्रोभेट ५८५ ट्याब्लेट, स्पास्मो प्रोक्सीकोन २८८ ट्याब्लेटसहित पक्राउ गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने २१ वर्षीय जलजला स्याङ्बो र बकैया गाउँपालिका वडा नम्वर ७ बस्ने २१ वर्षीय आशिष बोम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले बुधबार ज ८ प ५६५ र ना ३६ प ६९६१ नम्वरको मोटरसाईकललाई रोकी चेकजाच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई बिहीबार मकवानपुर जिल्ला अदालतबाट १५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*