सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने

हेटौंडा खबर
२६ फाल्गुन २०७८, बिहीबार २१:५१

सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्। मन्त्री खतिवडाले स्वास्थ्य सेवा दिवश २०७८ मा मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए।

यसैगरी, मन्त्रिपरिषदले मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण नि:शुल्क रुपमा गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषद्‌को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published.


*