कांग्रेस बागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न प्रतिनिधि खटाउने

हेटौंडा खबर
२६ फाल्गुन २०७८, बिहीबार २२:०४

नेपाली कांग्रेस वागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने भएको छ ।

आज बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश भित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरु खटाउने निर्णय गरेको छ ।

साथै बैठकले आगामी चैत्र ७ गते हेटौंडामा प्रदेश कार्यालयको उद्घाटन गर्ने निर्णय गरेको छ ।

प्रदेश कार्यसमितिका महामन्त्री राजु श्रेष्ठका अनुसार आज वसेको बैठकले आगामी चैत्र ७ र ८ गते हेटौंडामा आफ्ना सदस्यहरुलाई स्थानीय निर्वाचन केन्द्रीत प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*