देशलाई कता लैजाने माओवादीकै हातमा छ: प्रचण्ड

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १२:१४

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश आफ्नो पार्टीको हातमा रहेको दाबी गरेका छन्।

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले शुक्रबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले राष्ट्रिय राजनीति नेकपा माओवादी केन्द्रकै एजेन्डामा अगाडि बढिरहेको दाबी गरेका हुन्।उनले भने, ‘देशलाई कता लैजाने भन्ने माओवादीकै हातमा छ।’

यस्तै उनले वर्तमान गठबन्धन स्थानीय तहकाे निर्वाचनसम्म मात्र नभएर त्यसपछि पनि कायम राख्ने प्रयास भइरहेकाे बताए।उनले भने, ‘गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयासमा छौं।’

अमेरिकी अनुदान सहायता सम्झौता एमसीसीले गर्दा देश झन्डै दुर्घटनामा गएको उल्लेख गर्र्दै उनले त्यो खतरा अहिले टरेको बताए। यस्तै अध्यक्ष प्रचण्डले एमसीसीबारे आफ्नो पार्टीभित्रको मतभेद समस्या समाधान भइसकेको दाबी पनि गरे।

‘हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतबद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं’, उनले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*