आजबाट ‘बकैया कला–साहित्य महोत्सव–२०७८’

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १३:३४

आजबाट मकवानपुरको बकैया गाउँपालिकामा तेस्राे ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ सुरु हुदैछ ।

झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आयाेजना गरेकाे झरना परिवारका सचिव मसान उपासकले जानकारी दिए । महाेत्सव २ दिन चल्नेछ ।

२०५० साल फागुन १२ गते तत्कालिन छतिवन गाविसमा स्थापना भएको झरनाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा साहित्य गोष्ठी गर्दै आएकोमा पछिल्ला २ वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै आएकाे छ । यस वर्षबाट स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उदेश्यले खैंजडी भजन,तामाङ,माझी,राई लगायत जनजातिका कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी हुने सचिव उपासकले बताए ।

महोत्सवमा कविता, गजल, मुक्तक विशेष कार्यक्रम हुने भएकाे छ । यसैगरी सष्टा सम्मान, कृति विमोचन, साङ्गीतिक कार्यक्रम, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी तथा पुस्तकालय स्थापना हुने आयाेजकले जानकारी दिएकाे छ ।

साहित्य महाेत्सवमा देशभरबाट ५० जना साहित्यकारहरु र बकैया गाउँपालिकाका राजनीतिक,सामाजिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने बताइएकाे छ । महोत्सवमा करिब ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*