एमसीसीमा ठेक्का पार्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १४:१५

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाअन्तर्गत हुने पूर्वाधार निर्माणमा टेण्डर पार्न निर्माण व्यवसायीहरुलाई आह्वान गर्नुभएको छ ।

एमसीसी परियोजना छिट्टै शुरु हुने र त्यसको ग्लोबल टेण्डर लाग्ने भएकाले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पार्न उहाँले हुटहुटी लाउनुभएको हो ।नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै देउवाले एमसीसी परियोजनाको ग्लोबल टेण्डरमा चीनलगायत विभिन्न देशका निर्माण व्यवसायी आउन सक्ने पनि बताउनुभयो । त्यसमा टेन्डर हालेर पार्न प्रधानमन्त्रीले नेपाली निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो ।

एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’व्यवसायीलाई प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘अरु देशका आउँछन् । चीनका पनि आउन सक्छन् । तर,तपाइँहरु नै टेन्डर हाल्नुहोस् र पार्नुहोेस् ।’ एमसीसीबाट आउने अनुदान रकम पूर्वाधार क्षेत्रमा खर्च गरिने पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको र त्यसमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री देउवाको भनाइ छ । निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उहाँले केही ऐन संशोधन गरिएको जानकारीसमेत दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published.


*