आागलागीबाट जगदम्बा स्पिनिङ मिल्सको ४ करोडको क्षति

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १४:२१

आागलागीबाट जगदम्बा स्पिनिङ मिल्स लिमिटेडको ४ करोड बराबरको क्षति भएको छ ।

उद्योगले एक विज्ञप्ति जारी गर्दै टीएफओ मेसिन, विद्युतीय प्यानल, विद्युतीय तार लगायतका सामग्री जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जनाएको हो । मिल्समा विद्युतीय सर्ट हुँदा २५ फागुनमा बिहान करिब ३ बजे तिर आगलागी भएको थियो ।दुईवटा दमकल र प्रहरीको सहयोगमा समयमै आगो निभाउन सफल भएका कारण थप क्षति हुन नपाएको उद्योगले जनाएको  छ ।

उद्योगका अनुसार आगलागी भएपछि कर्मचारीहरुबीच भागदौड मच्चिएको थियो । कर्मचारीहरु बीच भागदौड मच्चिंदा ५ जना कर्मचारी सामान्य घाइते भएको उद्योगले जनाएको छ ।उद्योगमा ६५० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*