अहिले हामी अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौं : केपी ओली

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १४:३५

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकारेको बताएका छन् ।

पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले भने, ‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ । पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’

अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिएका ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*