वीरगञ्जमा देखियो बर्डफ्लू, कुखुरा र अण्डा नष्ट

हेटौंडा खबर
२७ फाल्गुन २०७८, शुक्रबार १६:१९

वीरगञ्जको एउटा कुखुरा फर्ममा बर्डफ्लू भेटिएको छ । स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमणका कारण मरेको पुष्टि भएको हो ।

ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखिएपछि फर्ममा रहेका अरु कुखुरा र अन्य बस्तुहरु नष्ट गरिएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओम प्रकास खनालका अनुसार जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट पशु डाक्टर हरेराम यादवको नेतृत्व गएको टोलीले फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, २ हजार पिस अण्डा, ३ सय केजी दाना, ३ हजार थान अण्डाको खाली क्रेट र बर्ड फ्लूका कारण मरेका १९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरिएको बताए ।

कुखुराहरु नष्ट गरेपछि फर्मलाई सिल गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*