वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

हेटौंडा खबर
२८ फाल्गुन २०७८, शनिबार १५:३६

वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। मधेस प्रदेशको एकमात्र महानगरका मेयर उनि आज एमालेमा आएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन्।

उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्ज पुगेर पार्टीमा भित्र्याएको एमाले पर्साका अध्यक्ष प्रभु हजाराले जानकारी दिए। उनले मेयर सरावगीले ११ जना वडाध्यक्ष र दुई जना महानगरपालिकाका बोर्ड सदस्यसहित एमाले प्रवेश गरेको जानकारी दिए।

जिल्ला अध्यक्ष हजाराका अनुसार ओलीले नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य बाबुराम कौशिक र युवा संगठन वाईसीएलका पर्सा इन्चार्ज ओमप्रकाश गुप्तालाई पनि पार्टीमा भित्र्याएका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*