अक्टोबरमा रणवीर र आलिया बिहे गर्ने

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १२:४०

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई कठियावाडी’का कारण चर्चामा छिन् । यसबाहेक उनी प्रेमी रणवीर कपुरसँगको बिहेलाई लिएर पनि समाचारको हेडलाइनमा बन्ने गर्छिन् ।

यतिबेला भने आलिया र रणवीर बिहेलाई लिएर नयाँ खबर छ । भारतीय सञ्चारमाध्यमले यो जोडीको बिहेको नयाँ खबरबारे उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछ ।

तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन । कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो ।

कपुर र भट्ट परिवार स्रोतले अक्टोबरमा बिहे गर्न सोहीअनुसार तयारी गरिरहेको दैनिक भास्करले जनाएको छ । पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनीहरुको योजना रहेको बताइएको छ ।रणवीर र आलिया अभिनित फिल्म ‘ब्रम्हास्त्र’ रिलिजको तयारीमा छ । यो फिल्ममा अमिताभ बच्चन, डिम्पल कपाडिया, नागार्जुन अक्किनेनीले पनि अभिनय गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*