जसपाको केन्द्रीय समिति बैठक सुरू

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १४:१४

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

काठमाडौंको कालिकास्थानमा आज दिउँसो केन्द्रीय समिति बैठक बसेको हो।

बैठकमा स्थानीय तह निर्वाचन रणनीतिलगायत विषयमा छलफल हुनेछ। यसअघि जसपाको संघीय परिषद बैठक बसेको थियो।

उक्त बैठकमा पारित भएका एजेन्डामाथि आज केन्द्रीय समितिमा छलफल गर्न लागिएको जसपाले जनाएको छ।

एमसिसी पारित, संगठन परिचालनलगायत विषयमा केन्द्रीय समितिमा पनि छलफल हुनेछ।

जसपामा चार सय ९९ जनाभन्दा बढी केन्द्रीय सदस्य छन्। बैठक भोलिसम्म चल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*