महाभियोग प्रस्ताव पेश भएर चैत २ सम्म संसद बैठक स्थगित

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १४:३७

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ ।

आइतवार बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगका प्रस्तावक माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।महाभियोग प्रस्ताव पेश भएपछि संसद बैठक चैत २ गतेसम्मको लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको प्रस्तावमाथि आगामी बैठकमा छलफल हुने बताए ।

नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एसका ९८ जना सांसदले फागुन १ गते संसद सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए ।यसअघि फागुन २२ गते बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय महाभियोग सिफारिश समिति गठन गरेको छ ।

महाभियोग सिफारिश समिति गठन भएको ३ महिनाभित्र महाभियोग टुंगो लगाउनु पर्ने संवैधानिक व्यवस्था छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*