स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १६:२८

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् ।

नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो । त्यसैले स्थानीय तहलाई विभिन्न अधिकार र जिम्मेवारी प्रदान गरिएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘नागरिकको सबैभन्दा नजिकको सरकार हो स्थानीय तह । त्यसैले नगरपालिकाले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ ।’

संघले नगरपालिकाको क्षमता अभिवृद्धिमा योगदान दिएको उनले जनाए । जनतालाई सुशासनको प्रत्याभूति गराउन उनले सबै नगरपालिकालाई आग्रह गरेका थिए । ‘अस्तव्यस्त सहरीकरणले गर्दा सहर कुरुप बन्दै गएको छ । वातावरण अस्वच्छ भएको छ ।

वातावरणमैत्री विकासको आवश्यकता छ । आफ्नो नगरपालिकालाई नमुना बनाउने गरी योजना बनाउन म अनुरोध गर्दछु,’ प्रधानमन्त्री देउवाले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*