एमाले विभाजनमा सभामुखको भूमिका छैन : प्रचण्ड

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १६:५८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले सभामुखमाथि लगाउँदै आएको आरोपको खण्डन गर्नुभएको छ ।

उहाँले आज विराटनगर विमानस्थलमा बोल्दै एमाले पार्टी विभाजनमा सभामुख अग्नी प्रसाद सापकोटाको भूमिका रहेको भन्नु गलत तर्क भएको उल्लेख गर्नुभयो ।

माओवादीको प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी हुन विराटनगर जाने क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले अहिले प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*