७ हजार ९४७ परीक्षणमा ६५ जना संक्रमित

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १७:१०

नेपालमा २४ घण्टामा ७ हजार ९४७ परीक्षण हुँदा ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार देशभर ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ र १ हजार ६४१ एन्टिजेन परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको हो ।  २४ घण्टामा १९२ जना निको भएका छन् । सोही अवधिमा ८८ हजार ४८८ जनाले खोप लगाएका छन् ।

आइतबारसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*