एक क्विन्टल ८० किलो गाँजासहित हेटौंडाका ३ जना पक्राउ

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १७:४८

मकवानपुर प्रहरीले एक क्विन्टल ८० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने २९ वर्षीय बुद्धीमान वाईबा, २९ वर्षीय अर्जुन स्याङतान र ३० वर्षीय बिनोद पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । बिहान ५ः३० बजेको समयमा चैनपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा ७ च १६०६ नम्वरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

बरामद लागूऔषध गाँजा, पिकअप गाडीसहित उनीहरुलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*