हेटौंडामा प्रदेश खेलकुद प्रतियोगिता : पुरुष फुटबलमा ललितपुरको विजयी शुरुवात

हेटौंडा खबर
२९ फाल्गुन २०७८, आईतवार १९:२४

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत ललितपुर जिल्लाले विजयी शुरुवात गरेको छ । आज प्रदेश राजधानी हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा ललितपुर र चितवनबीच भएको खेलमा १–० गोल अन्तरले चितवनलाई पराजित गर्दै ललितपुर जिल्लाले आफ्नो विजयी सुरुवात गरेको हो ।

पहिलो हाफ गोल रहित सकिएपनि खेलको दोस्रो हाफको ६८ मिनेटमा ललितपुरका बसन्त तामाङले गरेको गालेनै ललितपुरका लागि निर्णायक गोल बन्न पुग्यो । सोमबार दुईवटा खेल हुनेछन् । पहिलो खेल रामेछाप र सिन्धुपाल्चोकबीच हुनेछ भने दोस्रो खेल मकवानपुर र नुवाकोटबीच प्रतिस्पर्धा हुने फुटबल खेल संयोजक कल्पना शर्माले जानकारी दिईन्  ।

त्यस्तै आजै हेटौंडामा भएको ब्याटमिन्टन प्रतियोगितामा चितवन, सिन्धुली, रसुवा, काभ्रेपलान्चोक, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज ३० वटा खेल खेलाइएको थियो । चितवनले काठमाडौंलाई, काभ्रेले मकवानपुरलाई, ललितपुरले सिन्धुपाल्चोकलाई, रामेछापले दोलखालाई, भक्तपुरलाई धादिङले पराजित गरेको छ । एकल खेलाडी र डबल खेलाडीबीच खेल खेलाइएको थियो ।

महिला तर्फभने चितवन, धादिङ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक,नुवाकोट, मकवानपुर र दोलखा जिल्ला क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहानबाट क्वाटरफाइनलका खेल हुने आयोजकले जनाएको छ ।

मकवानपुरमा आइतबारबाट फुटबल र व्याडम्निटन खेल सुरु भएको छ भने चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा सोमबारबाट भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सुर्यलाल भणडारीले बताए ।

सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल हुनेछ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*