प्रदेश राजधानी ‘हेटौंडा’ तोकिएको विषयमा उठ्यो प्रश्न, सांसद पौडेल भन्छन्-गम्भीर समिक्षा गरौँ

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १३:३९

बागमती प्रदेशसभामा प्रदेश राजधानीको विषयमा प्रश्न उठाईएको छ ।

पुर्व मुख्यमन्त्री डोरमणि पौडेलको पालामा २ वर्ष अघि बागमती प्रदेशको राजधानी हेटौंडा तोकिएको विषयमा प्रदेशसभाको आज सोमबारको बैठकमा विवेकशील साझाका सांसद रमेश पौड्यालले प्रश्न उठाएका हुन् ।

उनले घुमाउरो पारामा हेटौंडा प्रदेश राजधानी अपायक भएको धारणा राख्दै यस विषयमा समिक्षा गर्नुपर्ने बताए ।

उनले भने,’ राजधानी तोक्न संविधानले प्रदेशसभालाई दिएको अधिकारलाई तत्कालिन नेकपाको हाइ कमाण्डले क्याप्चर गर्यो, अहिले समय परिस्थित फेरिएको छ, हेटौंडामा राजधानी तोकेको  २ वर्ष बितिसक्दा यहा के के पूर्वाधार बने ? मलाई लाग्छ यहाँ कुनै पूर्वाधार निर्माण भएको छैन, त्यसैले यसको गम्भीर समिक्षा गरौँ,।’

उनले हिजो नेकपाको हाई कमाण्डको निर्णयलाई च्यालेन्ज गर्ने हैसियत नपुगेपनि आज आफ्नो विवेकलाई बन्दक राख्न नहुने बताए । उनले प्रदेश राजधानी हेटौडामा बनाइएको निर्णय गलत भएकाले सच्याउनुपर्ने माग गरे ।

उनले सरकारलाई सरकार जस्तो बनाउनुपर्ने भन्दै मन्त्रि र मन्त्रालय घटाउनु पर्ने र सांसदलाई पैसा बाढ्ने काम बन्द गर्नुपर्ने धारणा राखे।

यसमा तपाइको मत

Your email address will not be published.


*