३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्दै ग्रीन भेन्चर्स

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १३:५२

ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्ने भएको हो ।

सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिसकेको छ ।कम्पनीका अनुसार कुल ३१ लाख २५ हजार कित्ता मध्ये ५ प्रतिशत अर्थात् एक लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई र ३ प्रतिशत (९३ हजार ७५० कित्ता) सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी २८ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिनेछ ।

इच्छुक लगानीकर्ताहरूले कम्पनीको सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री खुल्ला भने आगामी चैत ८ गतेदेखि ११ गतेसम्म जारी रहने र सो अबधिमा माग गरेबमोजिम आवेदन नपरे चैत २२ सम्म निष्कासन खुला गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले हाल ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको वडा १ र ३ तथा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको वडा ७ मा केन्द्र रहेको कुल ५२ दशमलव चार मेगावाट क्षमताको ‘लिखु ४ जलविद्युत’ आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कुल अनुमानित लागत रु १२ अर्ब ८ करोड हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*