राजेन्द्र पाण्डेलाई अष्टलक्ष्मीको कटाक्ष : पैसाले पार्टी बनाउने कुरा होईन के मुख्यमन्त्रीज्यू

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १४:४१

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाग्मती सरकारको कामको आलोचना गरेकी छिन्। सोमवार बसेको प्रदेशसभाको बैठकमा उनले सरकारसँग रकम भयो भन्दैमा जे पनि गर्न मिल्छ भन्दै प्रश्न गरेकी हुन्।

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पार्टीमा कार्यकता बढाउन सरकारबाट गलत काम गराइएको उनको आरोप थियो।

‘साथीहरुले नयाँ पार्टी गठन गरेका छन्। त्यो पार्टीलाई बलियो बनाउनै पर्‍यो। धेरै चिन्ता होला मुख्यमन्त्रीज्यूलाई पनि,’ उनले भनिन्, ‘चिन्ता धेरै नगर्नुस। पार्टी त जनताले बनाउने कुरा हो नि। पैसाले बनाउने कुरा होईन के मुख्यमन्त्रीज्यु। तपाईं आफै सक्रिय हुनुहुन्छ। धेरै चिन्ता गरेर पैसा बाँढेर कार्यकर्तालाई खुशी गर्ने काम नगर्नु होला।’

शाक्यले अघिल्लो सरकारले नियुक्त गरेका १३ वटा जिल्लाका अस्पतालका अध्यक्षहरुलाई पाण्डे सरकारले हटाउन खोजेको तर सफल नभए बताइन्। उनले नियुक्त खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजीनामा दिन नलगाउन समेत भनेकी छिन्।

सुरुङमार्ग र विद्युतीय बस संचालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेटबाट नहटाउन उनले आग्रह गरिन्।

यसमा तपाइको मत

Your email address will not be published.


*