हेटौंडामा २५ मिटर सडक विस्तार गर्न कुनै सम्झौता गर्नु पर्दैन : सांसद ग्लान

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १५:००

हेटौंडामा सडक विस्तार नभएका कारण समस्या भएको प्रदेशसभा सदस्य ओम बहादुर ग्लानले बताएका छन् ।

आज बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै सांसद ग्लानले अघिल्लो सरकारले प्रदेश राजधानीको सडक विस्तारमा ध्यान नदिएकाले हेटौंडा प्रति वितृष्णा पैदा हुन थालेको बताए ।

उनले पुर्व मुख्यमन्त्री डोरमणि पौडेलले आफुलाई दखल पर्ने भएकाले सडक विस्तार गर्न नचाहेको आरोप पनि लगाए । उनले भने,’यहि ढंगले प्रदेशको राजधानी चल्न सक्दैन, हेटौंडा सुन्दर हुन सक्दैन, सडक अनिवार्य विस्तार गर्नै पर्छ,।’

‘काठमान्डौको महल भत्काएर सडक विस्तार हुदा हेटौंडामा एसियन हाईवे अन्तर्गतको सडकको एउटा घर भत्काएर सडक विस्तार गर्न कुनै सम्झौता गर्न पर्दैन’, उनले भने ।

उनले २५/२५ मिटर सडक विस्तार गरेर प्रदेश राजधानीलाई सुन्दर बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए  ।

यसमा तपाइको मत

Your email address will not be published.


*