श्रममन्त्रीको दाबी : एमाले अध्यक्ष ओलीलाई भेट्न गएको छैन

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १५:३५

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा एमालेमा फर्किनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद नगरेको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका उनले आफूले त्यसबारेमा कसैसँग छलफल नगरेको पनि जिकिर गरेका छन्।

‘नेकपा (एकीकृत समाजवादी) गठन भएपछि एमाले अध्यक्षसँग मेरो कहिलै सम्पर्क समेत भएको छैन’, उनले भनेका छन्, ‘यस्तो  समाचारप्रति खेद प्रकट गर्दै भ्रममा नपर्न आम जनसमुदाय, सञ्चार जगत तथा सम्बन्धित सबैमा अपील गर्दछु।’उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वदेश तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न क्रियाशील रहेको पनि दाबी गरेका छन्।

‘यसका सकारात्मक नतिजाहरु देखिइरहेको अवस्थामा जनमानसमा भ्रम फैलाउन उद्धत यस्ता पात्र र प्रवृत्तिप्रति दु:ख र खेद व्यक्त गर्दछु’, उनले भनेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*