डिभोर्सको आठ महिनापछि आमिरले खाेले सम्बन्ध विच्छेदको कारण

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १६:०१

गत वर्षको जुलाईमा अभिनेता आमिर खानका प्रशंसकहरूलाई ठूलो झट्का लाग्यो । त्यो झट्का थियो, आमिर र किरण रावको एक्कासी आएको सम्बन्ध विच्छेदको निर्णय । विवाहको १५ वर्षपछि आएको उक्त निर्णय साँच्चै नै तरंग निम्त्याउने खालकै थियो ।

आखिर खान दम्पत्तीले किन यस्तो निर्णय लियो भन्ने जिज्ञासा हरेकमा थियो । यद्यपि, उनीहरुले यसबारे केही कुरा खोलेनन् । तर, सम्बन्ध विच्छेदको आठ महिनापछि अभिनेता खानले सम्बन्ध विच्छेद पछाडिको कारण खुलाएका छन् । उनले सम्बन्ध विच्छेदबारे मात्रै नभएर किरण र आफ्नो वैवाहिक सम्बन्धमा भएका थुप्रै चिसोपनबारे खुलेर कुरा गरेका छन् ।

आमिरले सम्बन्ध विच्छेदको पछाडि कुनै तेस्रो सम्बन्ध नभएको स्पष्ट पारेका छन् ।उनी मलाई भन्ने गर्दथिन्, हामी पारिवारिक कुराहरु गरिरहँदा पनि म कतै हराएको हुन्थेँ । उनले भन्ने गर्थिन्, म एक फरक खालको मान्छे हुँ । तर,  पनि उनले एकदमै मायाले भनेकी थिइन्– तिमी यस्तै होउ, यदि तिमी परिवर्तन भयौ भने तिमी त्यो मान्छे रहदैनौं जो मैले माया गरेको थिएँ । तिम्रो दिमाग र व्यक्तित्वसँग मलाई माया बसेको हो । त्यसैले म त्यो परिवर्तन होस भन्ने चाहन्न ।

सात वर्ष अगाडि किरणले भनेका कुराहरुमाथि आज सोच्दा पछिल्लो ६–७ महिनामा मैले आफूभित्र धेरै परिवर्तन देखेको छु । “किरण जी र म एकअर्कालाई धेरै माया गर्छौं । एकअर्काका लागि हाम्रो मनमा धेरै सम्मान र स्नेह छ । मलाई लाग्छ मानिसले हाम्रो समीकरण बुझ्दैनन् । बुझ्न गाह्रो छ किनभने सामान्यतया हामी विवाहित व्यक्तिहरू बीच अलग भैसकेपछि यस प्रकारको बन्धन देख्दैनौं,” आमिरले आफ्नो र किरण रावको सम्बन्धविच्छेद अन्य कुन तेस्रो सम्बन्धका कारण नभएको पनि स्पष्ट पारेका छन् ।

“हामी एकअर्कालाई परिवारको सदस्य मान्छौं । चाहे किरण जी होस वा  उनका आमा–बुबा अथवा उनका भाई । उनको बहिनी र मेरो परिवार हामी सबै परिवार हौं । पती–पत्नीको रुपमा हाम्रो सम्बन्ध बद्लिएन । हामी विवाह जस्तो पवित्र बन्धनलाई सम्मान दिन चाहन्थ्यौं । हामी एकअर्काको हात समाएर अघि बढ्ने छौं । हामी सँगै काम गरिरहेका छौं । हामीहरुले पानी फाउण्डेशनलाई पनि सहयोग गरिरहेका छौं । उनी म बस्ने भवनकै माथिल्लो तलामा बस्छिन्,” उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*