अमेरिकाले विकृत सूचना फैलाएको चीनको आरोप

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १६:५२

रुस-युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले विकृत सूचना फैलाएको चीनले आरोप लगाएको छ।

चिनियाँ मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।’युक्रेनमा हमला सुरू गरेदेखि नै रुसले चीनसँग उपकरण माग्दै आएको एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले अहिलेसम्म युक्रेनमा भइरहेको आक्रमणमा आफूलाई तटस्थ देखाउने प्रयास गरेको छ र आक्रमणको निन्दा गरेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*