बीपीलाई लागेको राजद्रोहको मुद्दामाथि डकुमेन्ट्री निर्माण

हेटौंडा खबर
३० फाल्गुन २०७८, सोमबार १७:०१

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालामाथि लागेको राजद्रोहको आरोपमाथि फिल्म निर्माण भएको छ। अन्वेशषण अभियानले बीपीको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको हो।

डकुमेन्ट्री फिल्ममा बीपी आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र जनमत संग्रहको घोषणा भएको विषय उल्लेख हुनेछ। स्वदेश फर्किएपछि कसरी बीपी राजनेता बन्न सफल भए फिल्ममा देखाइने निर्माण समूहले जनाएको छ। उनले बीपीको उक्त कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको शाहसीक कदमका रुपमा चित्रण गर्नुभयो।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले इतिहासको कालखण्डलाई उक्त डकुमेन्ट्री अति उपयोगी भएको बताए। उनले यो डकुमेन्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरुले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गरे।

‘राजद्रोही राजनेता’को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेन्ट्री निर्माण कार्य अघि बढेको बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*