पत्रकार महासंघका उपाध्यक्ष जिएम प्रेस सेन्टरमा प्रवेश

हेटौंडा खबर
१ चैत्र २०७८, मंगलवार १२:२०

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार माओवादी अध्यक्ष प्रचण्डले जिएमलाई खादा लगाएर प्रवेश गराएका हुन् ।नेकपा (मसाल) निकट प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष जिएमले मसालको विवाद बढ्दै गएपछि केही समयअघि सो समूहबाट आफूलाई अलग गरेका थिए ।

दाङलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका जिएमलाई माओवादी प्रवक्ता कृष्णवहादुर महरा, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतका नेताहरूले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*