कम्युनिष्टले झुट र आश्वासनको राजनीति गरे : इन्द्र बानियाँ

हेटौंडा खबर
१ चैत्र २०७८, मंगलवार १६:००

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले झुट र आश्वासनको राजनीति गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस हेटौंडा–९ समितिको अयोजनामा मंगलबार भएको लामसुरे टोल विकास समिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा सभापति बानियाँ कम्युनिष्टहरुको जस्तो झुटा आश्वसन र भ्रम नभई जनताका वास्तविक पिर र मर्का समाधान गर्ने अभियान लिएर कांग्रेस घरदैलोमा जानुपर्ने बताए ।

सभापति बानियाँले कम्युनिष्टहरुले एमसीसीको बारेमा भ्रम छरेको भन्दै देशमा व्याप्त रहेको गरिबी, अशिक्षा, भोक र रोगको अन्त्यका लागी एमसीसी अनुमादोन गरेको जनतालाई बुझाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

वडा सभापति बिन्दु लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

भेलाले पुष्पनाथ नेपालको अध्यक्षतामा टोल समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा अग्नि सुवेदी, सचिव नवीन रेग्मी, कोषाध्यक्ष माधव रेग्मी तथा सदस्यमा बुद्ध लामा, दीपेश अर्याल र अजय ढुंगानालगायत रहेको तरुण नेता सुमन अर्यालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*