हेटौंडामा पनि आयो सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा, के-के छन् फिचर ?

सामसुङद्वारा प्रस्तुत हालसम्मकै सर्वाधिक शक्तिशाली फोन
हेटौंडा खबर
१ चैत्र २०७८, मंगलवार १७:४२

सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा मोडलको हेटौंडामा विक्री सुरु गरिएको छ । मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच विक्रीवितरण सुरु गरिएको हो ।

हेटौंडाको लागि सामसुङ मोवाइलको आधिकारिक विक्रेता आर एम इन्टरप्राइजेजले मंगलबार केक काटेर ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजानिक गरेको हो ।

मोवाइल एशोसियसन अफ नेपाल मकवानपुरका अध्यक्ष दिनेश लामा, संस्थापक अध्यक्ष छतेन्द्र आचार्य, निवर्तमान अध्यक्ष एसीस रिजाल, आर एम इन्टरप्राइजेजका सञ्चालक रोहिनी प्रसाद गौतमले एक साथ मोवाइल सार्वजानिक गरेका थिए ।

यो स्मार्टफोन ग्यालेक्सी नोट २० अल्ट्रा जस्तै देखिन्छ । यसको एस-पेनको सपोर्ट पनि नोट सिरिजका फोनको जस्तै छ ।

गएको वर्ष ग्यालेक्सी एस २२ अल्ट्रा एस – पेन सपोर्टका साथ प्रस्तुत भएको थियो । यो ग्यालेक्सी एस सिरिजको पहिलो यस्तो स्मार्टफोन थियो । अहिले ग्यालेक्सी एस २२ अल्ट्रामा पनि एस – पेन दिइएको छ । सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभ जी ग्यालेक्सी एस सिरिजका स्मार्टफोनभन्दा पनि ग्यालेक्सी नोट स्मार्टफोन जस्तो देखिन्छ । यद्यपि यसको डिजाइन भने केही परिवर्तित छ ।

ग्यालेक्सी एस २२ अल्ट्राः सामसुङद्वारा प्रस्तुत हालसम्मकै सर्वाधिक शक्तिशाली फोन

ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन हामीले निर्माण गरेको मध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ एस पेन हो । ७० प्रतिशत कम बिलम्बताका साथ प्रयोगकर्ताले आफ्नो एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वभाविक रुपमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नेछन् ।

एस पेनका साथ एस २२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । परिणामतः यसभन्दा अघि कहिल्यै नभएको मोबाइल अनुभव । अद्वितीय क्यामरा लेन्सहरु र धातुको चिल्लो फ्रेम जसले ऐनाको स्वरुप प्रदान गर्दछ, त्यस्तो विशेषता भएको ग्यालेक्सी एस २२ अल्ट्राले अत्याधुनिक डिजाइनको उत्कृष्टता दर्शाउँछ ।

आकर्षक सिसा र मिहिन फिनिसिङ्गले एस २२ अल्ट्राको पुनःकल्पित रेखीय, प्रवाहित आकारमा एक सुन्दर स्पर्श थपेको छ, जसले ग्यालेक्सी नोटको प्रतिष्ठित तीखो कोणहरुलाई पूर्ण पार्ने कम्पनीको भनाइ छ ।

सानदार डिस्प्ले
सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभ जी स्मार्टफोनले ३२०० गुणा १४४० पिक्सल रेजुलेसन भएको ६.८ इन्चको क्वाडएचडी, ऐज डिस्प्लेलाई सपोर्ट गर्छ । यसको स्क्रिनको माथिल्लो र ठीक बीच भागमा पन्च होल छ । सामसुङको यो फोन डायनामिक एमोलेड २ एक्स प्यानलमा निर्माण भएको हो र कम्पनीले यसलाई आई कन्फर्ट सिल्डले प्रोटेक्टेड बताएको छ । सामसुङ ग्यालेक्सी एस २२ अल्ट्राको डिसप्ले एचडीआर १० प्लस १२० हर्ज रिफ्रेश रेट तथा २४० एचजेड टच स्यामपलिङ रेट ले सुसज्जित छ । यसको डिस्प्ले को तल अल्ट्रासोनिक फिङरप्रिन्ट सेन्सर दिइएको छ । सामसुङको यो फोन आईपी ६८ रेटेड छ जसले यसलाई वाटर तथा डस्ट प्रुफ बनाउँछ ।

पावरफूल प्रोसेसर
सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभ जी एन्डरोइड को लेटेस्ट ओएस एन्डरोइड १२ मा आधारित छ । यसका अतिरिक्त सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रालाइ मार्केटका हिसाबले अलग-अलग (Exynos २२०० चिपसेट तथा स्नेपड्रागन ८ गेन १ चिपसेट) चिपसेटका साथ प्रस्तुत गरिएको छ । यो फोनको प्रोसेसरलाइ तागत दिन फोनमा १६ जीबी र्याम तथा एक टेराबाइट सम्मको इन्टरनल स्टोरेज दिइएको छ ।

यो स्मार्टफोन चार भेरियन्टमा उपलब्ध हुन्छ । सामसुङ ग्यालेक्सी एस २२ अल्ट्राको बेस भेरियन्टले ८ जीबी र्याम मेमोरीका साथ १२८ जीबी इन्टरनल स्टोरेज सपोर्ट गर्छ भने अर्को भेरियन्टमा १२ 12 जीबी र्याम का साथ २५६ जीबी इन्टरनल मेमोरी दीइएको छ । यसको तेस्रो भेरियन्टमा १२ जीबी र्यामका साथ ५१२ जीबी इन्टरनल मेमोरी उपलब्ध हुन्छ । यसैगरि यो फोनको सबैभन्दा ठूलो भेरियन्टले १२ जीबीक‍ो पावरफूल र्यामका साथ १ टीबी को इन्टरनल स्टोरेजलाई सपोर्ट गर्छ ।

कमालको क्यामेरा
सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रामा क्वाड-क्यामेरा सेटअप उपलब्ध हुन्छ । यो सेटअप मा १०८ मेगापिक्सलको एफ /१.८ वाइड क्यामेरा डुअल पिक्स अटोफोकस र ओआईएस दिइएको छ । यसैगरी यो फोन १२ मेगापिक्सल एफ /१.८ अल्ट्रा-वाइड क्यामेरा १२०-डिग्रि FoV ले सुसज्जित छ । तेस्रो र चौथो सेन्सरका रुपमा यो फोनमा १० एमपी एफ/२.४ र एफ/४.८ अपर्चर युक्त टेलिफोटो क्यामेरा उपलब्ध गराइएको छ । यो फोनमा सेल्फी तथा भीडियो कलिङका लागि रियरमा एफ/२.२ अपर्चर का साथ ४० एमपीको क्यामेरा दिइएको छ ।

ब्याट्री
यो पावरफूल डिभाइसमा पावरफूल ब्याट्री ब्याकअप दिइएको छ । सामसुङले आफ्नो यो फ्लेगसिप स्मार्टफोन सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभ जीमा ५००० एमएएचको ब्याट्री उपलब्ध गराउँछ जसले ४५ वाटसम्मको वायर्ड चार्जिङ, १५ वाट वायरलेस चार्जिङ तथा वायरलेस पावर सेयरलाई सपोर्ट गर्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*