पल प्रकरण : पूर्वी नवलपरासीमा प्रहरीले छुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँदै

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १३:०१

जबर्जस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एक साता अनुसन्धान गरेको थियो ।

साहविरुद्ध पूर्वी नवलपरासी प्रहरी कार्यालयमा पनि जाहेरी दर्ता गरिएको थियो । तनहुँमा जाहेरी दिएकी नावालिगले नै पूर्वी नवलपरासीमा जाहेरी दिएकी हुन् । पूर्वी नवलपरासीमा शाहले नाबालिगलाई बलात्कार गरेको आरोपबारे अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पूर्व नवलपरासीमा अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ ।

नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*