‘दुई नम्बरी’मा पलको ठाउँमा सौगात

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १३:२१

दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘दुई नम्बरी’मा पल शाहको ठाउँमा अभिनेता सौगात मल्लले अभिनय गर्ने भएका छन्।

दुई वर्षअघि छायांकन सुरु भएको फिल्म महामारीका कारण स्थगित भएपछि पुनः छायांकनमा जान लाग्दा शाह हिरासतमा रहेकाले अर्का अभिनेता मल्ललाई फिल्ममा अनुबन्ध गरिएको हो।

लामाकै लेखनमा रहेको फिल्म कोरोना महामारीका कारण छायांकनकै क्रममा स्थगित भएको थियो। पुनः छायांकन सुरु हुन लाग्दा शाह आफूविरुद्ध बलात्कारको जाहेरी परेकाले हिरासतमा छन्।

फिल्मको निर्माण पक्षका अनुसार हाल पल हिरासतमा रहेकाले फिल्ममा सौगातलाई अनुबन्धित गरिएको हो।

फिल्ममा सौगातसँगै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेनलगायतका कलाकारको अभिनय रहेको छ। मित्रताको कथामा आधारित फिल्म छायांकन सकिएसँगै आगामी वर्षको कात्तिक ४ गते प्रदर्शनमा आउने बताइएको छ।फिल्ममा राजीव गुरुङ (दीपक मनाङे) र अमलादेवी राईको लगानीमा निर्माण गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*