नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान चलाइँदै

हेटौंडा खबर
२ चैत्र २०७८, बुधबार १३:५२

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।

नियमित खोप कार्यक्रममा राखेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आउँदो चैत २५ देखि वैशाख १८ गतेसम्म सो खोप अभियान सञ्चालन गर्न लागेको हो ।

यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिए पनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको शाखाप्रमुख सागर दाहालले जानकारी दिए ।

त्यसका लागि प्रदेशस्तरमा स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको दाहालले बताए । ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गर्न लागेको हो ।यो खोप विद्यालयमै दिइने खोप शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*